सर्लाही, १२ असोज । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका–३ बस्ने २५ वर्षीय बिमल थिङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलबार राति लालबन्दी नगरपालिका–१ स्थित भित्री बाटोमा खटेको प्रहरीको गस्ती टोलीले पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४३ प ५७५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषध बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

थिङलाई ओनेरेक्स सय एमएलको २८ बोतल, कोडिवेल सय एमएलको १४९ बोतल र विनसिरेक्सको सय एमएलको १३३ बोतल गरी जम्मा २९० बोतल लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।