हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशन

जनकपुरधाम, १२ असोज । जिल्ला प्रशासन कार्यालय सिरहाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै सिरहा प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको हो ।
बुधवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले असोज मसान्तभित्र आफुसँग भएको हातहतियार तथा गोलिगट्टा बुझाउन सर्वसाधारणलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
स्थानीय प्रशासनले निर्धारण गरेको समयभित्र हातहतियार नबुझाए प्रचलित कानून बमोजिम कारवाही गरिने प्रजिअ कवारीद्वारा जारी सूचनामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


