धादिङ, ११ असोज । धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा सोमबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित पौडेल रहेका छन् ।

जिवनपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले सोमबार बिहान ११ बजे ठक्कर दिँदा बालक घाइते भएका थिए ।

घाइते बालकको उपचारको क्रममा बिएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।