काठमाडौंको नागढुङ्गाबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौं, ११ असोज । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
डाईजेपाम, फेनारगन र नुर्फिन एक÷एक हजार थानसहित सर्लाहीको ईश्वरपुर नगरपालिका–४ बस्ने २६ वर्षीय हिमाल माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी ना. ५ ख ६५९९ नम्बरको बसका सहचालक हुन् ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बसको डिक्कीबाट लागूपदार्थ बरामद भएको थियो ।
सहचालक हिमालले नै उक्त लागूपदार्थ डिक्कीमा लुकाएर ल्याएको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


