लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया एमालेमा प्रवेश

जनकपुरधाम, ८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
२०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।
१४ हजार बढी मतान्तरले निर्वाचन जितेका अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नो क्षेत्रबाट लोसपाका अधिकांश नेता लिएर एमालेमा पुगेका छन् ।
अध्यक्ष ओलीले यसअघि गत भदौ २७ गते जनकपुरधाममा जसपाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, धनुषा कांग्रेसका पूर्वउपसभापति संतोष यादवलगायतका नेताहरुलाई एमाले प्रवेश गराएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


