मोरङ, ८ असोज । मोरङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।