असई महतोले प्रहरी जवान पटेललाई निर्घात कुटे

जनकपुरधाम, २२ फागुन । महोत्तरीको जलेश्वर नगरपालिकास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज मोतीराम महतोले सोही प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण पटेललाई निर्घात कुटपिट गरेका छन् ।
शनिबार बिहान ९ बजे खाना पकाईरहेको समयमा असई महतोले एक्कासी प्रहरी जवान पटेलमाथी कुटपिट गरेका हुन् ।
नेपाली कांग्रेस महोत्तरीको जिल्ला अधिवेशनकोमा सो अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई होटलमा खानाका लागि कुपन उपलब्ध गराइएको थियो । तर प्रहरी जवान पटेललाई सो विषयमा जानकारी नै थिएन् ।
पटेलले भने,‘खाना पकाउनका लागि आफू आलुको भुजिया काट्दै गर्दा असई साहब एक्कासी आएर मलाई गालीगलौज गर्न थाले । त्यसपछि मुक्का, खुट्टा तथा लठीले निर्घात रुपमा कुटे ।’
यससम्बन्धमा असई महतोले कामको दवाब र तनावका बिच आफूले लठीले कुटेकोमा आफूलाई पछुतो रहेको प्रतिक्रिया दिए । यद्यपि आफूले गाली गलौजका साथै एक लठी हिर्काउनु बाहेक केही नगरेको उनले दावी गरेका छन् ।
असई महतोले भने,‘खाना पकाउने ड्युटी प्रहरी जवान पटेलकै छ, तर कति दिन मलाई भोकै सुत्नु परेको तितो अनुभव छ । यद्यपि आफूलाई भोकै सुत्नु परेपनि कहिल्यै केही नगरेको बरु कयौँ पटक जिल्लामा यो जवान मलाई चाहिदैन भनेर एसपी साहबलाई मौखिक जानकारी गराईसकेको छु ।’
जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टमा हाल एक जना असई, २ हवल्दार र ५ जना प्रहरी जवानहरु कार्यरत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


