आफ्नो दलको चुनाव चिन्ह लिनबाट बाधित गर्नु पूर्णतः अनुचित : तमलोपा

जनकपुरधाम, २२ फागुन । तराई मधेस लोकतान्त्रिक पार्टीले दलीय आधारको निर्वाचन अभ्यासमा दलको आफ्नो चुनाव चिन्ह लिनबाट बाधित गर्नु पूर्णतः अनुचित रहेको ठहर गरेको छ ।
तमलोपाका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले आइतबार एक विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई दलीय आधारको निर्वाचन अभ्यासमा दलको आफ्नो चुनाव चिन्ह लिनबाट बाधित गर्नु पूर्णतः अनुचित रहेको बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ,‘स्थानीय तहमै राजनीतिक दलले आफ्नो चुनाव चिन्ह जनताको बीचमा लग्न नपाउनु भनेको राजनीतिक दलको आधार खडा गर्नबाट जडोमा नै बलात् रोक्नु हो । यस्ता त्रुटिपूर्ण कानून तत्काल समास गर्ने गरी कानूनी निकास प्रदान गर्न तराई–मधेश लोकतान्त्रिक पार्टी माग गर्दछ ।’
सिमित दलले मात्र निर्वाचन, देशको राजनीतिक प्रणाली र राज्य–व्यवस्थामा भाग लिन पाउने गरी गरिएको कुनै पनि व्यवस्था स्वतः अमान्य हुने धारा २७० को (२) को मर्म रहेको तमलोपाको ठहर छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को २६ को (६) र (७) बहुदलीय लोकतन्त्रको मान्य सिद्धान्तको विपरित मात्र नभई संविधानको भावना र मर्मको प्रतिकूल पनि रहेको अध्यक्ष लालले बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


