काठमाडौं, १९ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

बिहीबार बसेको नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय गरेको छ ।