जसपा प्रदेश २ समितिको अध्यक्षमा रामबाबु यादव

जनकपुरधाम, १५ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल एकीकरण भएपछि डेढ महिनापश्चात प्रदेश समितिमा पदाधिकारी चयन गरिएको छ ।
बुधबार जनकपुरधाममा जसपा नेपाल प्रदेश २ समितिको अध्यक्षमा प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवलाई चयन गरिएको जसपा प्रदेश समितिका पूर्वअध्यक्ष विजय कुमार यादवले जानकारी दिए ।
प्रदेश २ सरकारको भुमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका विजयकुमार यादवले अध्यक्ष सहित पदाधिकारीहरुको नाम घोषणा गरेका छन् ।
जसपा प्रदेश समितिको उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र राम सेवक यादवलाई चयन गरिएको छ ।
त्यस्तै, मुख्य सचिवमा दिनेश कुमार यादव, सचिवमा त्रय युसुफ अलि, सचिवमा निरा साह र शैलेश कुमार साह तथा कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको जसपाका केन्द्रिय कार्यकारिणी सिमति सदस्य समेत रहेका मन्त्री यादवले बताए ।