रौतहट, १ मंसिर । प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्षमा डिल्ली बहादुर कार्कीलाई चयन गर्दै ११ सदस्यीय समिति गठन गरिएको छ ।

बुधबार चन्द्रपुरमा भएको सेन्टरको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा ओमकिशोर चौधरी, समावेशी उपाध्यक्षमा रचना काफ्ले, सचिवमा रमेश कुमार यादव, सह सचिवमा मञ्जु ठाकुर, कोषाध्यक्षमा बिजय साहलाई सर्वसम्मतिले चयन गरिएको हो ।

त्यस्तै सदस्यहरुमा राजेन्द्र कुवर, चन्देश्वर राउत, विकास श्रीवास्तव, पवन कुमार गुप्ता र दिनेश थापालाई चयन गरिएको छ । भने सो अधिवेशनबाट प्रदेश प्रतिनिधिमा कृष्ण तिवारी र दिपेश पौडेल तथा केन्द्रिय प्रतिनिधिमा जितेन्द्र श्रीवास्तव र मनोज साहलाई चयन गरिएको अध्यक्ष कार्कीले जानकारी गराए ।

अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ प्रदेश २ का निवर्तमान महासचिव किरण कर्ण, नेकपा माओवादी केन्द्र राष्ट्रिय परिषद सदस्य तथा केन्द्रिय लेखा आयोग सदस्य एकराज थापा, केन्द्रिय सदस्य जितेन्द्र श्रीवास्तव, मनोज साहलागयतले शुभकामना मन्तव्य राखेका थिए ।