सन्त निरंकारीद्वारा बृहत् रक्तदान शिविर, सयौं युवाको सहभागिता

जनकपुरधाम, १२ बैशाख । मानव एकता दिवसको अवसर पारेर सन्त निरंकारी नेपाल जनकपुरधाम शाखाले बृहत् रक्तदान शिविरको आयोजना गरेको छ ।
जनकपुरधामको जनक चौकमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले गरेका हुन् ।
कार्यक्रममा बोल्दै सभामुख यादवले रक्तदानलाई मानवताको सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
उनले युवाहरूलाई यस्ता मानवीय कार्यमा सक्रिय हुन आग्रहसमेत गरे ।
शिविरमा सन्त निरंकारीका स्वयंसेवकहरूका साथै स्थानीय समाजसेवी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले उत्साहपूर्वक रक्तदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख लालकिशोर साह, शाखा प्रमुख बेचु रहल, केन्द्रीय सदस्य रामाशंकर साह, सेवा दल इन्चार्ज विनोद साहलगायतकाहरूको उपस्थिति रहेको थियो ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


