कमला नदीमा डुबेर १८ वर्षीय युवकको मृत्यु

जनकपुरधाम, २९ चैत । पिकनिक मनाउन गएका एक युवकको कमला नदीमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमला खोलामा पौडी खेल्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका–६ निवासी १८ वर्षीय मोहमद आयन बेपत्ता भएका थिए ।
साथीहरूसँग पिकनिक मनाउन पुगेका आयन नदीमा पौडी खेल्ने क्रममा अचानक हराएपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।
त्यसपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको थियो ।
खोजीका क्रममा केही समयपछि आयनको शव खोला किनार नजिकै फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त टोलीले व्यापक खोजी अभियान सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


