काठमाडौं, २७ चैत । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा उनले राप्रपाकी सरस्वती लामालाई स्पष्ट मतान्तरले पराजित गर्दै पद हात पारेकी हुन् ।

निर्वाचनको परिणाम घोषणा गर्दै सभामुख डीपी अर्यालले ठाकुर उपसभामुखमा निर्वाचित भएको जानकारी गराएका थिए ।

मतदानमा कुल २५६ सांसद सहभागी भएका थिए । जसमध्ये ठाकुरको पक्षमा २२९ मत परेको थियो भने विपक्षमा ५ मत खसेको थियो ।

२२ सांसद तटस्थ बसेका थिए । उनकी प्रतिस्पर्धी सरस्वती लामाले जम्मा ५ मत मात्र प्राप्त गरिन् ।

ठाकुरको जितमा उनको आफ्नै दल श्रम संस्कृति पार्टीसँगै सत्तारुढ दलहरू रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन निर्णायक बनेको थियो ।

यता, राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमालेले यस निर्वाचनमा भाग नलिएको बताइएको छ ।