जनकपुरधाम, २५ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ पिडारी चौकस्थित एक होटलमा प्रहरीले छापा मार्दै अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई जोडीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोप्य सूचनाका आधारमा सनराइज होटलमा लामो समयदेखि यौनसम्बन्धी अवैध गतिविधि सञ्चालन हुँदै आएको आशंकामा छापा मारिएको हो ।

सो क्रममा होटलभित्र आपत्तिजनक अवस्थामा रहेका चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।

साथै, यस्ता गतिविधिमा संलग्न हुने व्यक्ति तथा स्थलमाथि निगरानी बढाइने समेत प्रहरी स्रोतले जानकारी दिएको छ ।