बैंकिङ्ग कसुर आरोपमा मटिहानीका मान महन्थ दास पक्राउ

महोत्तरी, २५ चैत । महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्थ जगन्नाथ दास वैष्णवलाई प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार धनुषाका दिपेन्द्र ठाकुरले दिएको जाहेरीका आधारमा वैष्णवलाई पक्राउ गरिएको हो ।
उनीमाथि करिब १ करोड ३० लाख रुपैयाँ बराबरको बैंकिङ्ग कसुर गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
वैष्णवलाई प्रहरी टोलीले मटिहानी नगरपालिका–७ स्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।
पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


