जनकपुरधाम, ६ चैत । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व ईद–उल–फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार यस वर्ष चैत ७ गते शनिवार ईद–उल–फित्र पर्ने भएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूलाई पर्वको हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

सार्वजनिक बिदा घोषणाले देशभरका मुस्लिम समुदायलाई धार्मिक समारोह, परिवारिक भेटघाट र सामुदायिक कार्यक्रमहरू सहज रूपमा मनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।