बालेन प्रधानमन्त्री बन्ने चर्चा चुलिँदा निधि हर्षित

जनकपुरधाम, ६ चैत । नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने दाबी गर्दै नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बालेन साह प्रधानमन्त्री बन्ने सम्भावनालाई ऐतिहासिक राजनीतिक रुपान्तरणको रूपमा व्याख्या गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निधिले बालेन साहको सम्भावित उदयलाई पुस्तान्तरण मात्र नभई देशको समग्र राजनीतिक संरचनामा देखिएको गहिरो परिवर्तनको रुपमा चित्रण गरेका हुन् ।
उनले पहिलोपटक मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने सम्भावनाले समावेशिता र प्रतिनिधित्वको नयाँ अध्याय सुरु गर्न सक्ने बताएका छन् ।
निधिले आफू निर्वाचनमा पराजित भए पनि यस्तो परिवर्तनप्रति अत्यन्त हर्षित रहेको उल्लेख गर्दै बालेन साहलाई अग्रिम बधाईसमेत दिएका छन् ।
उनले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायले समेत यस परिवर्तनलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेका छन् ।
उनको भनाइले नेपाली राजनीतिमा नयाँ नेतृत्व र वैकल्पिक शक्तिको उदयप्रति संकेत गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


