बालेनको जानकी मन्दिरमा दर्शन तथा पूजापाठको कार्यक्रम स्थगित

जनकपुरधाम, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहको जानकी मन्दिरमा तय गरिएको दर्शन तथा पूजापाठको कार्यक्रम स्थगित गरिएको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार बालेनले जानकी मन्दिरमा पुगेर विशेष पूजा–अर्चना गर्ने तयारी भए पनि अपरिहार्य कारण देखाउँदै कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको हो ।
मन्दिर परिसरमा पूजाका लागि आवश्यक तयारी भए पनि उनी मन्दिर नपुगेपछि दर्शन कार्यक्रम रोकिएको छ ।
साहको जानकी मन्दिरमा दर्शन तथा पूजापाठको कार्यक्रम किन स्थगित गरियो भन्ने विषयमा औपचारिक जानकारी सार्वजनिक भइनसकेको भए पनि सुरक्षा तथा समय व्यवस्थापनसम्बन्धी कारण हुनसक्ने अनुमान गरिएको छ ।
बालेन जनकपुरधाममा रहँदा अन्य राजनीतिक तथा भेटघाटका कार्यक्रमहरू भने निरन्तर चलिरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

