शिक्षामन्त्री तिवारीले दिइन् राजीनामा


जनकपुरधाम, २७ असोज । मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले पदबाट राजीनामा दिएकी छन् ।
उनले सोमबार मुख्यमन्त्री सतिश कुमार सिंहलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा बुझाएकी हुन् ।
तिवारीले राजीनामा पत्रमा लेखेकी छन्, ‘मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजको मितिदेखि लागु हुने गरी यो राजीनामा पेश गर्दछु ।’
उनले राजीनामाको कारण उल्लेख नगरेकी भए पनि हालको राजनीतिक परिस्थितिलाई लिएर असहजता रहेको बताइएको छ ।
तिवारी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट शिक्षामन्त्री बनेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
