भोटेकोशीमा बोलेरो दुर्घटना हुँदा मधेशका दुई युवा बेपत्ता


सिन्धुपाल्चोक, १० भदौ । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार दिउँसो बोलेरो दुर्घटना हुँदा दुई युवा बेपत्ता भएका छन् ।
अरनिको राजमार्गअन्तर्गत दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुशवाहा र रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए ।
दुर्घटनापछि उद्धारकार्य सुरु गरिएको छ । प्रहरीका अनुसार नदीले एक पुरुषको शव बगाएको छ भने चालक र सहचालक दुवै जनाको खोजतलास जारी रहेको छ । स्थानीय र प्रहरीको टोली मिलेर उद्धार र खोजकार्य तीव्र रूपमा सञ्चालन गर्दैछ ।
बेपत्ता भएका युवाको खोजतलास जारी राख्दै नदी किनार र भिरालो क्षेत्रमा सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
