जनकपुरधाम, ९ भदौ । धनुषाको ढल्केबर–लालगढ सडक खण्डमा सोमबार भएको सवारी दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार ढल्केबरतर्फ आउँदै गरेको म. प्र. ०२–००७ प ५८८६ नम्बरको मोटरसाइकललाई लालगढतर्फ जाँदै गरेको म. प्र. ०४–००१ ज ००३८ नम्बरको माइक्रोबसले जमुनिबासमा ठक्कर दिएको थियो । दुर्घटनामा परेर मिथिला नगरपालिका–२ राघोपुरका बिर्जु गम्भीर घाइते भएका छन् ।

घाइतेलाई तत्काल लालगढस्थित मोडेल अस्पतालमा उपचारका लागि लगिएको छ । ढल्केबर ट्राफिक प्रहरीका इन्चार्ज श्याम ठाकुरले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।