गण्डकीमा तीन सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा, १५ बैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूसहित तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदमा नेपाली कांग्रेसकी सरस्वती अर्याल र नेकपा माओवादी केन्द्रबाट सुशीला सिम्खडालाई मन्त्री बनाएका हुन् ।
मन्त्रीद्वय अर्याल र सिम्खडालाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका छन् ।
सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण उनीहरुको मन्त्रालय तोकिएको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


