गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

पोखरा, १५ बैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यको हैसियतमा पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
पाण्डे नेपाली कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


