काठमाडौं, १४ बैशाख । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । प्रहरी नायव महानिरीक्षक कडायतलाई ९८५१२–९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यसअघि पनि कडायत वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहेका दिए ।