बुटवल, १४ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३ जना संसादहरुले समर्थन गरेका छन् ।

यसअघि बिहीबार नै चौधरीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।