सन्दीप लामिछानेलाई वर्ल्डलिंकले दियो नगद एक लाख

काठमाडौं, १४ बैशाख । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई नगद एक लाख रुपैयाँ पुरस्कार दिएको छ ।
सर्वाधिक छिटो १ सय विकेटको कीर्तिमान राखेका सन्दीपलाई वर्ल्डलिंकले सम्मानस्वरूप नगद पुरस्कार दिएको हो ।
एसिसी प्रमियर कपमा उनले ओमानविरुद्ध एकदिवसीय क्रिकेटमा अफगानी लेग स्पिनर रासिद खानको कीर्तिमान भंग गर्दै आफ्नो नाममा पारेका थिए ।
बिहीबार कतारविरुद्ध नेपालको जितमा शानदार अलराउण्डर प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित सन्दीपलाई म्यान अफ द म्याच ट्रफीसँगै वर्ल्डलिंकको चेक प्रदान गरिएको थियो।
उनलाई वर्ल्डलिंकको तर्फबाट एक लाख रुपैयाँसँगै सय विकेटको तस्बिरसहितको फोटो फ्रेम र ट्रफी पनि दिइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


