मानिसहरू एकले अर्कोसँग डराउनुपर्ने अवस्थाको सिर्जना भयो : उपप्रमुख डंगोल

काठमाडौं, १४ बैशाख । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मानिसहरूले आफू सुरक्षित नभएको आभास गर्न थालेको बताएकी छन् ।
बिहीबार गृहमन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महसुस गरिरहेको बताएकी हुन् ।
उनले अहिले मानिसहरू एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन् । उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् ।
आपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सिसि क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन् ।
उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढिरहेको पनि बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


