गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा, १४ बैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा बिहीबार नै दाबी पेस गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखाको निर्वाचन क्षेत्र नम्बर–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो ।
मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


