वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेजीको माग

काठमाडौं, १४ बैशाख । सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेजीको माग गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको हितविपरीत रहेको भन्दै सरोकारवालाले यो निर्देशिकाको खारेजीको माग गरेका हुन् ।
बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शसँग सम्बन्धित विभिन्न संघसंस्थाले सो निर्देशिका विद्यार्थी, अभिभावक र व्यवसायीको हितविपरीत आएको बताएका छन् ।
विद्यार्थीले आफ्नो इच्छा र आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्ने सवालमा निर्देशिका तगारो बनेको भन्दै यसलाई पूर्ण रुपमा परिवर्तन गर्नुपर्ने माग गरिएको छ ।
शिक्षा ऐन अथवा शैक्षिक परामर्शसँग जोडिएको ऐन बनाएर त्यसैको जगमा टेकेर मात्रै निर्देशिका आउनुपर्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । निर्देशिका सही मनशायबाट नआएको उनको भनाइ छ ।
सरकारले जारी गरेको निर्देशिका शिक्षाको सम्बन्धमा नेपालको संविधानले गरेको व्यवस्थाको विरुद्धमा रहेको समेत उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


