गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी पेस

पोखरा, १४ बैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष बिहीबार उनले दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख गुरुङले मंगलबार सरकार गठनका लागि आह्वान गरेका थिए । ३ दिनको म्याद दिएर गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका गरेका हुन् ।
नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादी पार्टीका १ गरेर ३५ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।
धारा २ मा प्रदेशसभामा कुनै एक दलको प्रष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
सोही धाराअनुसार यसअगाडि नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । उनी पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।
माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि वैशाख ९ गते सरकार ढल्यो ।
केन्द्रको सत्ता समीकरण बदलिएसँगै माओवादीले चैत १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


