बुधबार ८२ नयाँ संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौं, १३ बैशाख । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ । उपचारपछि ६५ जना घर फर्किएका छन् ।
यस्तै काठमाडौंमा उपत्यकामा २९ जना आइसोलेसन, ५ जना सघन उपचार कक्ष (आइसियु) र एकजना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयले कोरोना संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।
नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी. १.१६ देखापरेका छ । शून्यमा झरेको संक्रमण नेपालभारत खुला सिमानाका कारण फैलिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


