जनकपुरधाम, १३ बैशाख । मधेस प्रदेश सरकारले १३६ वटै पालिकाको माटो परीक्षण गर्ने भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक टिमले घुम्ती टेस्ट ल्यावमार्फत माटो परीक्षण गर्न लागेको हो ।

आवश्यकता अनुसार कुन कुन मलखाद कति कति मात्रामा प्रयोग गर्ने भन्ने किसानहरुलाई जानकारीका लागि माटो परीक्षण गर्न लागेको मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले प्राविधिक टोलिले प्रदेशका १३६ वटै पालिकामा घुम्ती टेस्ट ल्यावमार्फÞत ३ दिनसम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने जानकारी दिए ।

माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकोले पालिका प्रमुखहरूलाई सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।