काठमाडौं, १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।

सम्बद्ध पार्टीबाट निष्कासन गरिएको सूचना सभामुख देवराज घिमिरेले संसद्मा जानकारी गराएपछि उनी सांसद पदबाट मुक्त भएका हुन् ।

मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेर पार्टीको साधारण सदस्यसमेतबाट हटाएको थियो ।

रास्वपाको छानबिन समितिले उक्त अडियो श्रेष्ठकै रहेको निषकर्षसहित पार्टी र सांसदबाट निष्काशन गरेको जानकारी संसद् सचिवालयलाई पठाएको थियो ।

रास्वपाले श्रेष्ठको ठाउँमा विन्ध्यबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।