बारा, १२ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

बारा–२ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारसमेत रहेका यादव कलैया उपमहानगरपालिकास्थित गंगापुरको मतगणनास्थलमा पुगेका चुनाव जित्नकै लागि आफूले उपनिर्वाचन लडेको बताएका हुन् ।

उनले भने, ‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन । प्रारम्भिक नतिजा राम्रो छ । म खुशी छु बाराका जनताले मलाई आशिर्वाद दिएका छन् ।’

अध्यक्ष यादवले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताए । उनले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।

यसअघि अध्यक्ष यादव मंसिर ४ मा सम्पन्न चुनावमा सप्तरी–२ मा जनमतका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।