चितवन–२ बाट रवि लामिछाने ४२ हजार बढि मतान्तरका साथ निर्वाचित

चितवन, १२ बैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवनको निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।
अन्तिम मत परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाएका हुन् । गत ४ मंसिरमा भएको निर्वाचनमा उनले ४९ हजार २९६ मत ल्याएका थिए ।
यसपटक भने कम मत खसे पनि लामिछानेले बढी मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनभन्दा यसपटक उनले ४ हजार ९१२ मत बढी प्राप्त गरेका हुन् ।
त्यस्तै, दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् । श्रेष्ठभन्दा लामिछानेले ४२ हजार ९६२ बढी मत प्राप्त गरे ।
नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका हुन् ।
आइतबार भएको उपनिर्वाचनमा चितवन–२ मा कुल ७८ हजार २७७ मत खसेको थियो । गत ४ मंसिर भएको निर्वाचनमा भने त्यहाँ ८४ हजार ३१५ मत खसेको थियो । कांग्रेस र एमालेले भने पहिलेकै मतसमेत जोगाउन सकेनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


