‘छाता‘को गढमा ‘हर्न’को मत सराहनीय

जनकपुरधाम, ११ बैशाख । आइतबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बाराको निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना सोमबार मध्यान्ह् १२ बजेर ४० मिनटदेखि करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिकाबाट सुरु गरियो । समाचार तयार पार्दासम्म मतगणना जारी रहेको छ ।
गत स्थानीय तहको निर्वाचनमा दुवै गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालले मजबुत पकड बनाएको थियो ।करैयामाई गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा जसपाले जित निकाल्दा सुवर्ण गाउँपालिकाको अध्यक्षमा गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसका उम्मेदवार जितेका थिए ।
करैयामाईको ३ वटा वडामा जसपाले जित निकाल्दा कांग्रेस २ वटा वडामा जितेको थियो । एउटा वडामा माओवादी केन्द्रले र एमालेले २ वटा वडामा जित निकालेको थियो ।
त्यस्तै, सुवर्ण गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने ८ वटै वडामा गठबन्धन दलकै उम्मेदवारहरुले वडाध्यक्षमा जित निकालेका थिए । जसमध्ये जसपा र कांग्रेसले ३÷३ र माओवादी केन्द्रका उम्मेदवारले २ वडामा जित निकालेका थिए ।
यता, गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव विजयी भएका थिए । त्यतिबेला नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । जसपाका यादवले १३ हजार ८२३ मत पाउँदा कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए ।
स्थानीय तह निर्वाचनमा करैयामाइ र सुवर्ण गाउँपालिकामा कसको अवस्था कस्तो थियो ?
स्थानीय तहको निर्वाचनमा पनि करैयामाई गाउँपालिकाको अध्यक्षमा जसपाका शम्भुप्रसाद यादवले ५ हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा जनमतका ओमप्रकाश यादवले मात्र १६९ मत ल्याएर छैटौं स्थानमा सिमित बनेका थिए ।
करैयामाई गाउँपालिकाको वडा नम्बर–१ को वडाध्यक्ष जसपाका सोनालाल साह तेलीले ४८२ मत ल्याएर निर्वाचित हुँदा जनमतका जयनारायण यादवले मात्र १० मत ल्याउन सकेका थिए ।
वडा नम्बर–२ को वडाध्यक्षमा एमालेका सरेन्द्र चौधरीले ३५६ मत ल्याएर निर्वाचित हुँदा जसपाका राजेश चौधरीले १०९ मत पाएका थिए । वडा नम्बर–३ को वडाध्यक्षमा जसपाका परशुराम प्रसाद यादव ५९२ मत ल्याएर निर्वाचित हुँदा जनमतका अशोक केसरीले २२३ मत मात्र पाएका थिए ।
वडा नम्बर–४ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका एकलाख बाबु अंसारीले ३४९ मत ल्याएर निर्वाचित हुँदा जनमतका गिरधारी गिरीले मात्र ६ मत ल्याउन सकेका थिए । वडा नम्बर–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेश प्रसाद चौधरीले ५८७ मत ल्याएर निर्वाचित हुँदा जसपाका अशिवनी कुमार चौधरीले २४६ मत पाएका थिए । वडा नम्बर–६ को वडाध्यक्षमा जसपाका राजकुमार चौधरी ६४५ मत ल्याएर निर्वाचित हुँदा जनमतका उम्मेदवारको कुनै नाम नै थिएन ।
वडा नम्बर–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका बिरिज चौधरी १ हजार ९९ मत ल्याएर निर्वाचित हुँदा जसपाका देवपाल प्रसाद यादवले ८८७ मत पाएका थिए । वडा नम्बर–८ को वडाध्यक्षमा नेकपा एमालेका दिनेश चौधरी १ हजार २१४ मत ल्याएर निर्वाचित हुँदा जसपाका सुरेन्द्र प्रसाद साहले १ हजार १४५ मत ल्याएका थिए ।
त्यस्तै, सुवर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेश प्रसाद यादवले ५ हजार ३५१ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका महेन्द्र प्रसाद यादवले ३ हजार १३७ र जनमतका विनोद प्रसाद यादवले २३८ मत पाएका थिए ।
सुवर्ण गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका रामवेदया राउत अहिर ६६९ मत प्राप्त गरेर निर्वाचित हुँदा जनमतका कामेश्वर मुखियाले मात्र २७ मत पाएका थिए । वडा नम्बर–२ को वडाध्यक्षमा जसपाका रञ्जित प्रसाद यादवले ६१३ मत ल्याएर निर्वाचित हुँदा जनमतका कृष्णनन्दन कुमार यादवले मात्र ११ मत पाएका थिए ।
वडा नम्बर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामक्षत्री प्रसादले ७८१ म्त ल्याएर निर्वाचित हुँदा जनमतका सूर्यादेव कुमार यादवले मात्र ३५ मत पाएका थिए । वडा नम्बर–४ को वडाध्यक्षमा कांग्रेसका झकड प्रसाद यादवले ५३५ मत ल्याएर निर्वाचित हुँदा जनमतका जन्मेजय प्रसाद यादवले १२९ मत मात्र पाएका थिए ।
त्यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा जसपाका रामएकवाल साह कलवारले ३६५ मत पाएर निर्वाचित हुँदा जनमतका सुजित कुमार ठाकुरले ६४ मत मात्र ल्याएका थिए । वडा नम्बर–६ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका शिवधारी दास तत्वाले ६०१ मत पाएर निर्वाचित हुँदा जनमतका दिपलाल प्रसाद यादवले २ मत मात्रै पाएका थिए ।
वडा नम्बर–७ को वडाध्यक्षमा जसपाका जितेन्द्र प्रसाद यादवले ७४७ मत पाएर निर्वाचित हुँदा जनमतका उपेन्द्र प्रसाद यादवले २० मत मात्र पाएका थिए । वडा नम्बर–८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सैबुल्लाह मिया कुजडाले ६९४ मत ल्याएर निर्वाचित हुँदा जनमतका ओसिमहम्द शेषले १० मत मात्र पाएका थिए ।
बारा–२ मा महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, कोल्हवी नगरपालिका, देवताल गाउँपालिका, सुर्वण गाउँपालिका र पचरौता नगरपालिकाका ४८ वटा वडा छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा महागढीमाई नगरपालिकामा पुरुष ११ हजार ९७५ र महिला ९ हजार ७०१ गरी कूल २१ हजार ६७६, करैयामाई गाउँपालिकामा पुरुष ५ हजार ६५५ र महिला ५ हजार ५०१ गरी कूल ११ हजार १५६, कोल्हवी नगरपालिकामा पुरुष ८२९ र महिला ७५२ गरी कूल १ हजार ५८१, देवताल गाउँपालिकामा पुरुष ५ हजार १३२ र महिला ४ हजार २७८ गरी कूल ९ हजार ४१०, सुर्वण गाउँपालिकामा पुरुष ६ हजार ३७० र महिला ५ हजार ९५ जना गरी कूल ११ हजार ४६५ र पचरौता नगरपालिकामा पुरुष ७ हजार १०३ र महिला ६ हजार ४९६ गरी कूल १३ हजार ५९९ जनाले मतदान गरेका थिए ।
बारा–२ मा पुरुष ३७ हजार ६४ र महिला ३१ हजार ८२३ गरी कूल ६८ हजार ८८७ जना अर्थात ६५ प्रतिशतले मतदान गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


