काठमाडौं, ११ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १ हजार ८१० नमुना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा ६४ जनामा र एन्टिजेन परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएका छन् ।