आफन्तको श्राद्धमा गएका दुई दाजुभाइसहित तीनजनाको सप्तकोशी नदीमा डुबेर मृत्यु

झापा, १० बैशाख । झापामा आफन्तको श्राद्धमा गएका दुई दाजुभाइसहित तीनजनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरू सप्तकोशीमा नुहाउन पसेका थिए ।
सप्तकोशीमा डुबेर मृत्यु हुनेमा दमक नगरपालिका–९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका–७ का राजु गुरागाईँ रहेका छन् ।
गत बुधबार सप्तकोसी नदीमा नुहाउने क्रममा तीनजना बेपत्ता भएकोमा एक जनाको शव सोही दिन फेला परेको थियो ।बेपत्ता भएका दुईजनाको शव भने शनिबार मात्र फेला परेको बताइएको छ ।
बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


