बारा, १० बैशाख । आइतबार भइरहेको उपनिर्वाचनमा मतदान जारी रहेका बेला बारामा एकजनासँग दुई वटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको छ ।

बाराको देवताल गाउँपालिका वडा नम्बर–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा एकजनासँग दुई वटा मत्रपत्र फेला परेको हो ।

मतदानस्थलमा दुई वटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै सो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ ।