प्रचण्ड नेतृत्वको सरकार छिट्टै ढल्छ : गोकर्ण विष्ट

काठमाडौं, ९ बैशाख । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छिट्टै ढल्ने दाबी गरेका छन् ।
नेकपा एमाले भुम्लु गाउँ कमिटीले आयोजना गरेको मिसन ग्रासरुटको समापन गर्दै सचिव विष्टले जनताको अपेक्षा पूरा गर्न नसक्ने म्यादी सरकार ढल्ने दाबी गरेका हुन् ।
सचिव विष्टले नेकपा एमालेलाई कमजोर बनाउन देश भित्र र बाहिर भएको मोर्चाबन्दी सफल नभएको टिप्पणी गरे ।
एक्लै निर्वाचनमा होमिँदा पनि मतका हिसाबले एमाले पहिलो पार्टी बनेको भन्दै सचिव विष्टले माओवादी र नेपाली कांग्रेस एक्ला–एक्लै निर्वाचनमा होमिएका उनीहरुको हालत खराब हुने बताए ।
गठबन्धनका बाबजुद पनि एमालेले ल्याएको मत परिणाम र सिटका आधारमा पनि माओवादी र कांग्रेस एक्लै निर्वाचनमा जान सक्दैनन् भन्ने पुष्टि भएको उनले बताए ।
मुलुकको अवस्था आर्थिक र राजनीतिक रुपले संकट तर्फ उन्मुख भएको संकेत गर्दै सचिव विष्टले नेपालका बैक र वित्तीय संस्थाबाट लगानी भएको कुल ऋणको करिब ३२ खर्ब रकम २० वटा परिवारमा केन्द्रित भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


