शनिबार कोरोनाका ७८ नयाँ संक्रमित थपिए

काठमाडौं, ९ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पिसिआर विधिबाट २२४ र एन्टिजेनबाट ९२४ नमुना परीक्षण गर्दा पिसिआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजेटिभ आएको छ ।
यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ ।
संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


