गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

पोखरा, ९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।
प्रदेशसभामा उनले विश्वासको मत नपाएपछि पदमुक्त भएका हुन् । ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जनाले मात्र मतदान गरेका छन् ।
विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ जनाको मत मात्र पाउन सके ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिनामै पदमुक्त भएका छन्
मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात् दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


