प्रचण्ड र माधव नेपाल सस्तो मूल्यमा बिके : अध्यक्ष ओली

काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सस्तो मूल्यमा बिकेको दाबी गरेका छन् ।
कम्युनिष्ट पार्टी दिवसको अवसरमा केन्द्रीय कार्यालयले ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपाल बिकेकाले नेकपा एकता ध्वस्त भएको टिप्पणी गरेका हुन् ।
पार्टीले दुई तिहाई मत ल्याए पनि यी दुई नेताले पार्टी एकतालाई ध्वस्त पारेको ओलीको आरोप थियो । उनले भने, ‘पार्टी एकतापछि हामीले दुईतिहाइ मत ल्याएका थियौं । तर जो नेता टुप्पोमा बसेका थिए उनीहरूलाई सहिसक्नु भएन उनीहरू बिक्न पुगे ।’
उनीहरू के कस्तो मूल्यमा बिके भन्ने उनीहरूले नै जान्ने कुरा भएको उल्लेख गर्दै ओलीले भने, ‘उनीहरूले यत्तिकै कम्युनिष्ट पार्टीको एकता ध्वस्त पारेका होइनन् होला सस्तो मूल्यमा बिकेका होलान् ।’
ओलीले कार्यक्रममा माधव नेपाल नेतृत्वको समाजवादीमा लागेका मुकुन्द न्यौपानेलगायत ३० भन्दा बढी केन्द्रीय नेतालाई पार्टीमा स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


