जसपाले बुथ लुट्ने तयारी गरिरहेको छ : सीके राउत

बारा, ९ बैशाख । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले आइतबार हुन लागेको उपनिर्वाचनमा जनता समाजवादी पार्टीले बुथ लुट्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।
उनले बारा निर्वाचन क्षेत्र नम्बर–२ भित्रका विभिन्न बुथको सूची उल्लेख गर्दै ती बुथहरूमा अनुगमनका लागि पुग्न सञ्चारकर्मीहरूसँग आग्रह गरेका छन् ।
उनले भने, ‘यी बूथहरू जसपाले लूट्नका लागि तयारी गरिरहेको छ । पत्रकारहरूलाई हेर्न आउन चुल्हो निम्तो । खासगरी नेपाल–भारतको सीमानासँगै नजिकै रहेका बुथहरू दिनदहाडै लुटिने गरेका छन् ।’
सामाजिक सञ्जालमा उनले बुथ कब्जाका लागि प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेको, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानका लागि तम्तयार भएको लगायतका आरोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


