जनकपुरधाम, ८ बैशाख । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को उपसभापतिमा राजेशकुमार कर्ण र सह–सचिवमा उमेशकुमार मण्डल चयन भएका छन् ।

शुक्रबार बसेको स्ववियुको प्रहिलो बैठकले बहुमत प्रणालीबाट उपसभापतिमा कर्ण र सह–सचिवमा मण्डललाई चयन गरिएको हो ।

गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रत्यक्षमा ११ र समानुपातिकमा १० गरी जमा २१ सिटमा निर्वाचन सम्पन्न भएको थियो ।

यसअघि राराबको स्ववियु सभापतिमा नेविसंघका मनिषकुमार यादव निर्वाचित भइसकेका छन् ।

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रत्यक्षमा सचिवबाहेक १० र समानुपातिकमा ४ गरी कूल १४ सिटमा जित हासिल गरेको थियो ।