पर्सामा ट्याक्टरले किचिएर एक बालकको मृत्यु

पर्सा, ७ असोज । पर्सामा ट्याक्टरले किचिएर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरले किचेर वडा नम्बर–२१ ताजपुर बस्ने सञ्जय पासवानका ५ वर्षीय छोरा सुशील पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ना ३ त १४३६ नम्बरको ट्रयाक्टरमा सवार सुशील ट्रयाक्टरबाट सडकमा खसेका थिए । त्यसपछि सोही ट्रयाक्टरको चक्काले किचेर उनी गम्भिर घाइते भए ।
घाइते बालकको उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
घटनापछि ट्रयाक्टर चालक फरार भएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


