प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

सिरहा, ७ असोज । सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र ओखलढुङ्गा फुलवारी गाविस–९ घर भई उदयपुरको कटारी नगरपालिका–२ कल्याणपुर टोल बस्ने ३५ वर्षीय ईश्वकर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
शुक्रवार बिहान साढे ९ बजेको समयमा सिरहा नगरपालिका–१४ नेमचन चोकस्थित ईलाका प्रहरी कार्यालय माडरबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको स ९ प ५१० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषध फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीका अनुसार प्रहरीले दुबैजनाको साथबाट नाइट्रोभेट १५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभव प्लस ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने केम्पटी म्यागों पन्च ड्रिक लेखेको बोतलमा ६ सय एमएल, रामा एक्सप्रेस खबर प्रेस लेखिएको आइडिकार्ड तथा नगद बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


