पत्रकार महासंघ रौतहट शाखाका पूर्वसचिव मण्डलको निधन

रौतहट, ६ असोज । नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्वसचिव पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ ।
बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ वर्षीय मण्डलको निधन भएको हो ।
जिल्लाको दुर्गाभगवती गाउँपालिका–३ मत्सरी निवासी उनी लामो समयदेखि उपचाररत रहेका थिए ।
विगत ४ वर्ष अघि जिल्लाको माधवनारायण नगरपालिकाका लागि भारतीय दुतावास काठमाण्डौबाट एम्बुलेन्स बुझेर फर्किने क्रममा दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उपचारकै क्रममा चिकित्सकको लापरबाहीले अपाहिज भएका मण्डलको लामो समयदेखि वीरगंजमा उपचार भइरहेको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा र माधवनारायण नगरपालिकाले एक शोक विज्ञप्ती जारी गरी मण्डलको निधनप्रति दुःख व्यक्त गरेको छ ।
साथै माधवनारायण नगरपालिकाले आफ्नो तत्कालीन जिन्सी शाखा प्रमुख मण्डलको निधनमा बिहिबार एक दिन शोक विदा पनि दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


