कैलाली, ६ असोज । कैलालीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर–५ बस्ने शेरबहादुर नामजाली मगर रहेका छन् ।

घटना पछि फरार रहेका उनलाई गाउँबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनले बिहीबार बिहान आफ्नी श्रीमती ललिता नामजाली मगरको हत्या गरेको र छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।